काठमाडौं– साताको दोस्रो कारोबारको दिन सेयर बजारमा केही सुधार आएको छ। आइतबार ३० दशमलव ७७ अङ्कले गिरावट आएर १९३८ मा झरेको सेयर बजार मंगलबार अघिल्लो करोबारको दिनको तुलनामा १४ दशमलव ४१ अङ्कले बढेको छ। सोमबार सार्वजनिक बिदा परेकोले कारोबार भएको थिएन।
कुल १ अर्ब २० करोड ४४ लाख माथिको कारोबार हुँदा १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
मंगलबार लघुवित्त १८ अंकले, निर्जीवन बीमा करिब ८४ अंकले, विकास बैंक करिब ४१ अंकले, जलविद्युत ४१ अंकले, जीवन बीमा ४४ अंकले बढेका छन्। यस्तै गुमाउनेमा निर्माण कम्पनी ४८ अंकले, म्युचल फण्ड करिब १४ अङ्कले रहेका छन्।
मंगलबार शुभम् पावर लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, सुपर मादी अघिल्लो कारोबार दिनको जस्तै निरन्तर बढेको छ। यसको मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ। यस्तै, मूल्यमा गिरावट आउनेमा सीवाईसी लघुवित्त, सुमित लघुवित्त, सामलिङ पावर कम्पनी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।