काठमाडौं- सिंहदरबारमा बसेको आठ दलको बैठक सकिएको छ। राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुले गठन गरेको समितिको बैठक बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।
खड्काले बैठक राष्ट्रपति निर्वाचनका सन्दर्भमा केन्द्रित भएको बताए। 'हामीले प्राविधिक तयारी, बुथ एजेन्टहरु, मत गणना, अरु व्यवस्थापनका बारेमा हामीले संयन्त्र बनाएका छौँ, त्यही समितिको बैठक बस्यौँ', उनले भने, '२५ गतेको निर्वाचनसँग जोडिएको विषयसँग छलफल गर्यो।'
खड्काले राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले अत्यधिक मत ल्याएर जित्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।