• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डलाई २५ गते बोलाएको हो? 

64x64
नेपाल लाइभ मंगलबार, फागुन २३, २०७९  १५:०३
1140x725

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो। संक्रमणकालीन न्याय प्रक्रियासँग जोडिएर उनीविरुद्ध सार्वजनिक सरोकारको रिट दायर भएको हो। 

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीसहित २८ जनाले सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटको पहिलो सुनुवाइ पेसी सर्वोच्चले फागुन २५ (बिहीबार)का लागि तोकेको छ।  यसअघि पेस भएको रिट दरपिठ (दर्ता अस्वीकार) भएपछि इलजास पुगेर दर्ताको आदेश भएको हो। 

प्रचण्डलाई पहिलो पेसीमै बोलाएको हो? 
प्रधाननमन्त्री प्रचण्डविरुद्ध मुद्दा दायर भएसँगै एउटा पत्रमा चर्चापरिचर्चा भइरहेको छ। अधिवक्ता आरणले निवेदन दर्ता भएपछि पाएको पत्र राख्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्री प्रचण्डलाई बोलाएको तर्क गरिहेका छन्।

अधिकांश सामााजिक सञ्जाल प्रयोगकर्ताहरूले मुद्दाको प्रक्रिया नै नबुझी यस्तो तर्क गरिरहेको देखिन्छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पाैडेलका अनुसार बिहीबार पहिलो पेसीमा विपक्षी हाजिर हुने होइन। निवेदकलाई पेसी तोकिएको हो। निवेदकले आफू सर्वोच्च आउनुपर्ने कारण र आधारसहित आफूले माग गरेको निवेदनमा बहस गर्ने हो।  

उक्त दिन एकल इजलासमा एक पक्षीय बहस हुने छ। विगतको अभ्यास पनि यही हो। पहिलो सुनुवाइमा निवेदकले बहस गरेपछि विषयवस्तुको गम्भीरता र अपुरणीय क्षतिलाई हेरेर अन्तरिम आदेश, अग्राधिकार लगायतका आदेश जारी गर्ने छ।

Gyanendra_Aran1678180411.jpg

तत्काल सुनुवाइ गरि अन्तरिम आदेश जारी नगर्ने हो भने निवेदकलाई अपुरणीय क्षति हुने अवस्था देखिएमा अन्तरिम, अन्तरकालीन वा अल्पकालीन अन्तरिम आदेश जारी गर्न सक्छ। सर्वोच्चका एक न्यायाधीशको इजलासमा हुने सुनुवाइमा इजलासलाई उक्त विषय तत्काल रोक्न आवश्यक नदेखेमा लिखित जवाफसहित कारण देखाऊ आदेश जारी गर्ने छ। विषयवस्तुलाई छिटो किनारा गर्नुपर्ने देखेमा अग्राधिकार दिन पनि सक्छ। त्यस्तै, अदालतलाई उक्त विषय तत्काल नै सम्बोधन गर्नुपर्ने देखेमा अर्को सुनुवाइको मिति इजलासले नै तोकेर सुनुवाइ गर्ने अभ्याास रहेको छ। 

वरिष्ठ अधिवक्ता एवं संवैधानिक कानुनका जानकार अधिवक्ता रमण श्रेष्ठले मुद्दाको प्रक्रिया नै नबुझी टिप्पणी भइरहेको बताए। उनले पहिलो सुनुवाइमै रिट खारेज हुनसक्ने सम्भावना पनि जीवित नै हुने र सर्वोच्चले कारण देखाऊ आदेशसहित लिखित जवाफ मगाएपछि मात्र विपक्षी अदालत उपस्थित हुने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वमहान्यायाधिवक्ता समेत रहेका श्रेष्ठले रिट दर्ता हुनेबित्तिकै कुनै विपक्षीलाई बोलाउने न्यायिक अभ्याास नभएको बताए। विषयको गम्भीरता हेरेर बरु हस्तक्षेप बहस भने हुने गरेको उनले बताए। कुनै गम्भीर विषय आइपरेमा निवेदकले पनि इजलासमा निवेदन दिएर न्यायाधीशले अनुमति दिएमा मात्र त्यस्तो बहस गर्ने, नत्र पहिलो सुनुवाइ नभई नगर्ने यसअघिको अभ्यास रहेको उनले बताए। 

Chiranjibibas-giri1678180411.jpg

के हुन्छ अबको प्रक्रिया? 
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रबार द्वन्द्वकालीन मुद्दालाई लामो समयसम्म राख्न नमिल्ने भन्दै यसको व्याख्या प्रशासनले गर्नुभन्दा इजलासबाटै गर्न उपयुक्त हुने आदेश जारी गरेका थिए। शुक्रबार जारी भएको आदेश आइतबार मात्र सार्वजनिक भएको थियो। आदेश लिखित रुपमा प्राप्त भएपछि निवेदकहरूले रिट दर्ताका लागि पेस गरेका थिए। उक्त रिट विधिपूर्वक दर्ता भएको छ।

सर्वोच्च प्रशासनले त्यसलाई बिहीबार पेसी तोकिएको छ। सुरुमा यो विवाद एक न्यायाधीशको इजलासमा पेसी तोकिने छ। एकल इजलासले अघि बढाउन चाहेमा कारण देखाऊ आदेशसहित उपयुक्त आदेश दिने छ भने आवश्यक नठानेमा खारेज गर्न सक्ने छ। खारेज भएमा यसको च्याप्टर क्लोज हुने छ। यदि कारण देखाऊ आदेश जारी गरेमा भने प्रधाननमन्त्री प्रचण्ड लिखित जवाफसहित अदालत धाउनुपर्ने छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रशाासनले गरेको दरपिठ बदर हुने आदेश हुनेबित्तिकै पहाड नै खसेको जसरी आलोचना गर्न जरुरी नहुने बताए। उनले यो एउटा न्यायिक प्रक्रिया मात्र भएकाले रिट दर्ता हुनु नै ‘सबै कुरा समाप्त भयो, हाम्राविरुद्ध षडयन्त्र भयो’ भनेर टिप्पणी गर्न नहुने उनको विचार छ। अदालतमा मुद्दा परेपछि खारेज पनि हुन सक्ने र आदेश जारी हुनका लागि आधार र प्रमााण पुग्नुपर्ने भएकाले गल्ती नगरेको अवस्थामा डराउन जरुरी नहुने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्य सडकखण्डमा यातायात सञ्चालनमा, हेटौँडा–काठमाडौंमा केहीबेर जाम हुन सक्ने
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि दोब्बरभन्दा बढी रकम आवश्यक
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
मुख्य सडकखण्डमा यातायात सञ्चालनमा, हेटौँडा–काठमाडौंमा केहीबेर जाम हुन सक्ने शुक्रबार, भदौ १९, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि दोब्बरभन्दा बढी रकम आवश्यक शुक्रबार, भदौ १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १९, २०८३
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित शुक्रबार, भदौ १९, २०८३
उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्