काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक बुधबार बस्नेगरि बोलाइएको छ। बैठकमा राष्ट्रपति निर्वाचनमा मत दिने वा नदिनेबारे निर्णय हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित आठ दलको तर्फबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।