काठमाडौं- नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी त्रिचन्द्रका विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाएका छन्।
अनेरास्ववियु क्रान्तिकारीले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोक्न खोजेको आरोप लगाउँदै क्याम्पस प्रमुख सुनिल अधिकारी र स्ववियु निर्वाचन परिचालन समितिका संयोजक गोबिन्दमानसिंह कार्कीलाई रोक लगाएका हुन्।
सुनियोजित रुपमा स्ववियु निर्वाचनको मुखमा आएर मतदाता नामावली प्रकाशन गर्नुको साटो क्याम्पस चिफ सहायक क्याम्पस चिफलाई निमित्त दिएर बिदामा बसेको र स्ववियु निर्वाचन परिचालन समिति संयोजकले राजीनामा बुझाएपछि चुनाव नगराउने षडयन्त्र भएको क्रान्तिकारी त्रिचन्द्रका नेता अशोक भण्डारीले नेपाल लाइभलाई जानकारी दिए। उनले क्याम्पस प्रशासनबाटै स्ववियु निर्वाचन रोक्ने षड्यन्त्र भएकाले उनीहरुलाई प्रवेश निषेध गरिएको बताए।
अखिल क्रान्तिकारीले कुनै पनि बहानमा स्ववियु निर्वाचन रोक्न खोजेमा त्यसको प्रतिवाद गर्ने चेतावनी दिँदै तत्काल मतदाता नामावली प्रकाशन गर्न समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।