राष्ट्रपतिका उम्मेदवार पौडेल (फाइल तस्बिर) काठमाडौं– राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मत मागेका छन्। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही नै पुगेर पौडेलले नेताहरुसँग आफूलाई सहयोग गर्न आग्रह गरे।
सत्तारुढ गठबन्धनसहित दलका नेताहरुका साथ पौडेल सोमबार राप्रपा मुख्यालय धुम्बाराही पुगेका थिए।
आफूले देशको अहित हुने काम नगर्दे वाचा गर्दै पौडेलले आफूलाई मत दिन राप्रपा नेताहरुसँग आग्रह गरे। पौडेलले प्रजातान्त्रिक आन्दोलनमा आफूले लामो समय बिताएको पनि उल्लेख गरे।
जवाफमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीले अहिले नै निर्णय नगरेको बताए। राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन, फागुन २४ गते मात्रै सोसम्बन्धमा निर्णय हुने लिङ्देनले जानकारी दिए।
पौडेलसहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, जसपाका नेता राजेन्द्र श्रेष्ठ, लोसपाका नेता शरतसिंह भण्डारी राप्रपा कार्यालय पुगेका थिए।
राप्रपाका तर्फबाट अध्यक्ष लोहनीसहित नेताहरु प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र लगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।