काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ। केही दिन पहिले ७ प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागिएको जनाइएको छ।
रास्वपाले निर्वाचन क्षेत्र भित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए।
समितिमा रहनका लागि इच्छुक भएकाले आउँदो चैत महिनाको १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ।
ढकालका अनुसार पार्टीको एपमार्फत् आवेदन दिन सकिने व्यवस्था गरिएको छ। अनलाईन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने पनि सो पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।