काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वको पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्।
होलीको शुभकामना दिँदै उनले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना होस् भन्ने कामना गरेका हुन्।
सोमबार शुभकामना दिँदै उनले भनेका छन्, ‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु।’
उनले होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन्। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।