काठमाडौं– क्रिकेटर शरद भेषवाकरकी पत्नी तथा अभिनेत्री निशा अधिकारीले अंशवण्डाको मुद्दा दायर गरेकी छिन्। निशाले काठमाडौं जिल्ला अदालतमा पति भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर गरेकी हुन्।
उक्त मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ। न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो।
निशाले नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गरेकी छन्। उनले भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन्। प्रेम सम्बन्धमा रहेका निशा र शरदले विसं २०७४ मा विवाह गरेका थिए।
विवाहको एक वर्षपछि निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन्। सम्बन्ध विच्छेदको मुद्दा दायर नगरे पनि अंश मुद्दाका कारण यी दुईजनाबीचको सम्बन्धमा दरार आएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।