काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र १८२ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।
केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ। यो चैत २१ गते परिपक्व हुनेछ। ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ। यो २०८० जेठ २३ गते परिपक्व हुनेछ। १८२ दिन अवधिका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो २०८० भदौ १९ गते परिपक्व हुनेछ। यसको बोलकबोल आजै हुनेछ।
ट्रेजरी बिल १ वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।