काठमाडौं– आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा आवद्ध दलहरुको बैठक सुरु भएको हो।
बैठकमा गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरुको सहभागिता रहेको छ। आजको बैठकमा आसन्न राष्ट्रपतिको निर्वाचन, सरकार विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने बताइएको छ।
८ दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति, जनमत, जनमोर्चा र लोसपा रहेका छन्।
गठबन्धनमा आवद्ध दलहरुले शनिबार आफ्ना सांसदहरुका लागि अभिमुखीकरण सम्पन्न गरेका थिए। राष्ट्रपति निर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।