• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी ‘भंगला’का नेताहरुको भनाइमा एकता, विचारमा उस्तै विविधता

64x64
नेपाल लाइभ आइतबार, फागुन २१, २०७९  १९:१७
1140x725

काठमाडौं- युद्धकालीन माओवादीका नेताहरुले आफूहरु एक ठाउँ उभिनैपर्ने बेला आएको महशुस गरेका छन्। संघीयता, गणतन्त्र ल्याउने गति भएको माओवादी नामको नदी विभिन्न भंगालामा फाट्दा क्षति भएको आत्मस्वीकृति पनि उनीहरुको छ।

आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले शक्ति विभाजित हुँदा आफूहरु कमजोर भएको उल्लेख गरे। माओवादी पृष्ठभूमिका सबै शक्तिहरु एक ठाउँ आउनुपर्ने आवश्यकता औंल्याए।

आइतबार प्रज्ञा भवन काठमाडौंमा भएको ‘जनयुद्ध, नेतृत्वको दायित्व र सहिद तथा बेपत्ता योद्धाको योगदानका विषयमा अन्तरक्रियामा’मा आफ्ना भनाइ राख्ने नेताहरुले भंगालोबाट सागर बन्न तयार रहेको बताए। तर, सागर बनाउने वैचारिक आधारमा भने उनीहरु स्पष्ट देखिएनन्।

एक-अर्काको कामकारबाही,  अंगालेको विचार र दिने दृष्टिकोणमा रहेको विविधता एकताकै कुरा गर्दा पनि देखियो। उक्त विषयमा महशुस गरेका अर्को माओवादी समाजवादीका महासचिव पूर्णजीत बुढाथोकी सुशीलले आफू कार्यकर्ता नै रहेको तर बाध्यताले नेता भएको उल्लेख गर्दै प्रस्ताव गरे, ‘चाहिने समयमा हामीले ठीकलाई ठीक भनेनौं। बेठीकलाई बेठीक भनेनौं। वर्षभरी एउटा पनि प्रश्न सोध्न नसक्ने विद्यार्थी भयौं। अब समीक्षा गरेर समय खेर नफालौं। नयाँ ढंगले अघि बढ्न सल्लाह गरौं। आफ्ना मत मतान्तर थाती राखौं। धारे हात लगाएर पाउनु केही छैन। ग्यादरिङ एन्ड गो अहेड नीति अनुसार एक ठाउँमा जम्मा हौं र अगाडी बढौं।’

सर्वोच्चको आदेशले सबै तरंगित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक माओवादीहरु एक ठाउँ आएर सडकमा लाखौं जनता उतार्नुपर्ने बेला भएको बताए। अहिले पनि प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएर आफूहरुविरुद्ध लागिरहेको बताउँदै उनले एक ठाउँमा आएर सडकमा उत्रिनुपर्ने उल्लेख गरेका हुन्।

शुक्रबार सर्वोच्च अदालतले माओवादी युद्धमा मारिएका ‘पाँच हजारको जिम्मा लिने’ प्रचण्डको एक सार्वजनिक वक्तव्यविरुद्ध परेको रिट दर्ता गर्ने आदेशतर्फ उनको संकेत थियो। उनले भने,  ‘एकचोटी माओवादीहरु एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि विजययात्रा सुरु गर्नेछ।’

माओवादी युद्धका अर्का शीर्ष नेता तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको मूल्यांकन गरेर बहस गर्नुपर्ने बताउँदै सुरुमा एक ठाउँ जम्मा हुन जरुरी भइसकेको बताए। ‘मिल्न सक्नेहरु एकै ठाउँमा जाउँ। कार्यगत एकता गरौं,’ उनले भने। 

प्रचण्डविरुद्ध दर्ता प्रक्रिया अघि बढाइएको उक्त रिटलाई लिएर समेत डा भट्टराईले टिप्पणी गरे। ‘हाम्रो क्रान्तिलाई आपराधिकरण गर्ने काम भएको छ। बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने काम भएको छ। त्यो निर्णय गर्ने भनेको जिस्केको हो। सडकमा निस्किन सकिन्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सोही विषयलाई लिएर हाल नेकपाका महासचिव नेत्रविक्रम चन्दा ‘विप्लव सी'ले क्रान्तिकारीलाई अपराधी बनाउन खोजिएको बताए। ‘हामीलाई अपराधी बनाउन खोजिएको छ र व्याख्या गर्न खोजिएको छ, मैले भनेको छु- ती मान्छेहरु जनयुद्धमा भेटिएका भए सायद त्यहीँ सिद्धिन्थे,’ उनले भने।

माओवादी समाजवादीका महासचिव पूर्णजित बुढाथोकी शुशीलले प्रचण्डमाथि ‘वारेन्ट’ लगाइएको विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘अहिले तत्कालीन स्थितिमा नेकपामाथि लगाइएको वारेन्ट छ। प्रचण्डमाथि लगाएको वारेन्टमा साझा धारणा बनाएर अघि बढौं।’

भंगालो बनेको आत्मस्वीकृति
माओवादी आन्दोलन र त्यसको प्रभाव अनेक धारामा विभाजित भएको प्रचण्डले स्वीकारे। यही बुझेर ‘प्रतिक्रियाबादीहरुले भ्रम छर्ने र घेरा हाल्ने’ षड्यन्त्र गरेको प्रचण्डको भनाइ छ। युद्धमा एकै ठाउँमा रहेका माओवादी नेताहरु शान्ति प्रक्रियामा आएपछि अनेक भंगालामा विभाजित भएको बताए।

उनले भने, ‘फेरि विशाल सागर बनेर जाने बेला भयो। बाबुरामजीले, विप्लवजी र किरणजीले हासिल गरेका अनुभव मेरा पनि हुन्। धर्मेन्द्रजी अनुभव गर्दै हुनुहुन्छ। यी तीतामीठा  र राम्रा नराम्रा सबै हाम्रै हुन्।’

उनीपछि बोल्न पुगेका भट्टराईले भंगालाहरु फाट्नु स्वभाविक रहेको बताउँदै समुन्द्रमा पुग्ने बेला भएको बताए। उनले भने, ‘भंगालाहरु फाट्छन्। कहिले पनि पछाडि फर्किँदैनन्। अगाडि नै बढ्छन्। अन्त्यमा समुन्द्रमा पुग्छन्। यो नै गतिको नियम हो।’

क्रान्तिकारी माओवादीका नेता धर्मेन्द्र बास्तोलाले एकतामा शक्ति हुने बताउँदै एमाले अध्यक्ष केपी ओलीसँग दुईतिहानजिक शक्ति हूँदा चुच्चे नक्सा आएको प्रसंग झिके। उनले भने,  ‘हाम्रो आन्दोलनलाई गोरुगाडा बताउने अल्पदृष्टिका केपी ओलीसँग दुई तिहाइ हुँदा चुच्चे नक्सा आयो। हामी नयाँ तरिकाले संगठित हुनुपर्छ। नयाँ तरिकाले अगाडि बढ्नुपर्नेछ। एक ठाउँमा आउँ।’

भनाइमा एकता, विचारमा विविधता 
उक्त कार्यक्रममा एकताको महत्व सबै नेताहरुले दर्शाए। तर, उनीहरुको विचारमा विविधता भने कायमै देखियो। प्रचण्डले आफू यसपल्ट प्रधानमन्त्रीसमेत केही गर्नका लागि बनेको  बताए। तेस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा जगडोलमा सहिद पार्क उद्घाटन गरेको,  जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको र सबै सहिदहरुको सूची राजपत्रमा प्रकाशित गरेर सम्मान गर्ने निर्णयबाट सुरुवात गरिसकेको उनको भनाइ थियो।

माओवादी क्रान्तिकारी नेता धर्मेन्द्र बास्तोलाले यही संविधानबाट शतप्रतिशत माओवादीहरु एक ठाउँमा आउँदा पनि केही काम गर्न नसकिने बताए। पहिलो संविधानसभामा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै त्यसबाट संविधान बनाउन नसक्नु नै गल्ती भइसकेको उनको भनाइ छ।

प्रचण्डका कुरामा अविश्वास जताउँदै उनले भने, ‘उहाँले अहिले जाँदै गर्दा त्यही काम गर्न गइरहेको छु भन्नुभयो। यो संविधानबाट शतप्रतिशत माओवादीहरु, क्रान्तिकारीहरु एक ठाउँ उभिए पनि केही हुन सक्दैन। दुई तिहाइ ल्यायो भने पनि केही काम गर्न सक्दैन।’

प्रचण्ड र बास्तोलाको विचारमा विविधता देखिएजस्तै डा बाबुराम भट्टराईको विचारमा विप्लव सीले फरक मत राखे। डा भट्टराईले विकासको निमय वृत्ताकार (सर्कल) नभइ वर्तुलाकार (स्पाइरल) हुने बताए। उनले नयाँ पुस्तामा फरक चेतना आउनुका साथै परिस्थिति समेत नयाँ बनिसकेकाले ‘नयाँ ठाउँमा जान’ प्रस्ताव गरे।

फेरि त्यस्तै युद्धका लागि उस्तै भरुवा बन्दुक बोक्न जरुरी नरहेको उनको भनाइ थियो। फेरि पनि सशस्त्र युद्धबाटै क्रान्तिको सपना देखिरहेका माओवादीकै केही भंगालालक्षित उनको विचार थियो, ‘अब भरुवा बन्दुक खोज्न जरुरी छैन। आर्टिफिसियल इन्टेलीजेन्स (एआइ) बनिसकेको छ। इन्टरनेट बनेको छ। हामीले चाह्यौं भने राष्ट्रिय मात्रै होइन, त्यसका माध्यमबाट अन्तर्राष्ट्रिय जगत पक्षमा ल्याउन सकिन्छ।’

नेकपाका महासचिव विप्लव सीले विकासको नियम वृत्ताकार नहुने डा भट्टराईको विचारमा प्रतिवाद गर्दै ‘इतिहास दोहोरिने’ बताए। फेरि भरुवा बन्दुक खोज्न नहुने डा भट्टराईको तर्कमा विप्लवको प्रतितर्क थियो,  ‘सहिदहरु दलालको सरकारमा भेटिँदैनन्। समाजवादमा भेटिन्छन्। त्यहाँ पुग्नुपर्छ। इतिहास दोहोरिन सक्छ। फेरि जनमुक्ति सेना हुन्छ। एकीकृत जनक्रान्ति हुन्छ। देश र जनताको कुरा गर्नैपर्छ। किसानलाई फेरि आँट भर्नुपर्छ। सुकुम्बासीमा आँट भर्नुपर्छ।’

माओवादी एक हुँदा नेतृत्वसमेत परिवर्तन हुनुपर्ने डा भट्टराईको विचार छ। सदा पद र शक्तिको केन्द्रमा बस्न रुचाउने प्रचण्डका लागि डा भट्टराईको यो प्रस्ताव प्रिय हुने कुरा भएन। प्रचण्ड पहिल्यै बाहिरिएका कारण उनले सुन्न पाएनन्। तर, उनीप्रति नै लक्षित गरेर भट्टराईले भने,  ‘हामीले अलिकति आत्मालोचना गर्नैपर्छ। हामीले आजीवन नेतृत्वमा बस्ने  र कुर्सीमै टाँसिएर मर्ने प्रवृत्ति त्यागौं। जनयुद्धकालमा पनि भनेका हौं- मरुजेलसम्म पदमा बसेर स्टालिनले गल्ती गर्नुभयो। माओले गल्ती गर्नुभयो।’

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १९:१७
  • #माओवादी–भंगालो

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीका केही स्थानमा हावाहुरीको चेतावनी
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
चार प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीका केही स्थानमा हावाहुरीको चेतावनी शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्