काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।
आइतबार विश्वासको मत लिने क्रममा सदनमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शाहले आफू समग्र सुदूरपश्चिम प्रदेशको भाग्य र भविष्यका रुपमा काम गर्ने दाबी गरे।
उनले सत्तापक्ष र विपक्षीका सांसदहरुलाई आफूलाई मतदान गर्न अपिल गरे। उनले संघीयतालाई मजबुत बनाउने गरी काम गर्ने विश्वास पनि व्यक्त गरे।
प्रदेश र संघीयताका बारेमा आएका नकारात्मक कुरालाई निस्तेज पार्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अठोट पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।