• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कर्णालीमा फेरिँदो सत्ता समीकरण: कांग्रेस पर्ख र हेरको नीतिमा 

यही गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छः एमाले
शेरबहादुर थापा सोमबार, फागुन २२, २०७९  ०९:२१
1140x725

सुर्खेत– राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा सत्ता गठबन्धन भत्किएर नयाँ ८ दलीय गठबन्धन बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ। कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धन फेरिने सम्भावना बढेको छ। 

हाल नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री छन्। उनलाई नेकपा एमालेको समर्थन छ। ४० सदस्यीय प्रदेश सभामा सत्तारुढ माओवादीका १३ सांसद छन् भने नेकपा एमालेका १० सांसद छन्। 

प्रदेश सभाको  सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १४ सांसद छन्। हाल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको छ। यस्तै, राप्रपा, नेकपा एसका १–१ र १ स्वतन्त्र सांसद छन्। 

केन्द्रका अनुसार गठबन्धन फेरिए कर्णालीमा माओवादी, कांग्रेस र नेकपा एसका गरी कूल २८ जना सांसद हुनेछन्। जुन सरकार निर्माणका लागि दुईतिहाईभन्दा बढी हो। गठबन्धन परिवर्तन भएमा कर्णालीमा अहिले सत्ता साझेदार बनेको एमाले प्रतिपक्षीमा जानेछ। 

माओवादी केन्द्रको नेतृत्वमा सरकारमा सहभागी एमालेसँग अहिले प्रदेशका तीनवटा मन्त्रालय छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोद शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा जितबहादुर मल्ल छन्।

यस्तै माओवादीका तर्फबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा, भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रीमा मंगल शाही, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कृष्णबहादुर जिसी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा भीमप्रकाश शर्मा छन् भने भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्रीमा उर्मिला विश्वकर्मा छिन्।

कर्णाली प्रदेश सरकार सञ्चालनका विषयमा हालका सत्तारुढ दल माओवादी र एमालेबीच साढे दुई वर्षे कार्यकाल दुवै दलले लिने भद्र सहमति भइसकेको छ।
 
तर, केन्द्रमा भएको परिवर्तनले कर्णाली सरकार परिवर्तन हुने भएको छ। केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रदेशमा विश्वासको मत नदिएका कारण कांग्रेसले कर्णालीमा के गर्छ भन्ने अन्योलता नै छ।

‘हाल एमाले सरकारमा सहभागी छ। यस्तो अवस्थामा एमालेले के गर्छ भन्ने कुरा महत्वपूर्ण हो,’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भन्छन्, ‘एमालेले सर्मथन फिर्ता लिए वा सरकारबाट हटेको खण्डमा मात्रै हामी कसरी अघि बढने भन्ने निर्णयमा पुग्छौं।’ उनले केन्द्रमा गठबन्धन भएको बताउँदै स्वभाविक रुपमा कर्णालीमा पनि नयाँ समीकरण बन्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी यो सरकारलाई संकट आएको समयमा सहयोग गर्न तयार छौं। आवश्यकता नै नपरेको विश्वासको मत दिएर केही काम नै छैन,’ नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मत दिने समयमा सदनमा भनेका थिए, ‘तसर्थ हामी अहिले प्रमुख प्रतिपक्षमै बस्छौं।’

उनको यो भनाइको तात्पर्य भनेको माओवादी केन्द्रलाई यदि एमालेले असहयोग गरेमा वा विश्वासको मत फिर्ता लिने निर्णय गरेमा सरकारलाई काँध थाप्न कांग्रेसले कञ्जुस्याई नगर्ने भन्ने नै हो।

सभामुखको पद जोखिममा
मुख्यमन्त्री शर्माका लागि सत्ता जोगाउन समस्या नभए पनि सभामुख नन्दा गुरुङको पद भने जोखिममा परेको छ। मुख्यमन्त्री माओवादीले पाएपछि सभामुख भने एमालेले पाएको थियो।

सदनमा दुई तिहाईभन्दा बढी सांसद सत्तारुढ गठबन्धन दलहरुका भएपछि सभामुख सबैभन्दा बढी जोखिममा छिन्।  ‘दलहरुको निर्णय के हुन्छ सोही अनुसार अघि बढछौं,’ सभामुख स्रोत भन्छ, ‘अहिले नै पद नै गइहाल्ने भन्ने कुरा छैन। विस्तारै राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ त्यही अनुसार सभामुख ज्यूले आवश्यक निर्णय लिनुहुन्छ।’

यता, नेकपा माओवादीका एक जना प्रभावशाली सांसदले सभामुखलाई तत्काल हटाई हाल्नुपर्ने कुनै कारण नभएको बताए।  ‘उहाँलाई हटाउनुपर्नेृ कुनै कारण छैन। सभामुख हटाउन या त महाअभियोग लगाउनुपर्‍यो या त उहाँले नै राजीनामा दिनुपर्‍यो। त्यसबाहेक अहिले अर्को कुनै कारण नै छैन,’ ती सांसद भन्छन्, ‘महाअभियोग लगाउनका लागि कुनै कारण त चाहियो नि?’

उसो त नेपाली कांग्रेसले सभामुखमा दाबी गर्ने देखिएको छ।  ‘हाम्रा दलका नेता जीवनबहादुर शाही हाल विदेशमा हुनुहुन्छ। उहाँ आएपछि मात्रै सल्लाह हुन्छ,’ नेता शाही निकट स्रोत भन्छ, ‘कांग्रेसले स्वभाविक रुपमा सभामुखमा दाबी गर्छ। राजनीतिक नेतृत्वबीच सहमति भएको खण्डमा कसरी अघि बढ्ने भन्ने निर्क्योल निस्केला।’

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी केन्द्रकै गठबन्धन अनुसार अघि बढ्ने बताउँछिन्।  ‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि गठबन्धनको बैठकहरु चल्छन्। केन्द्रमा भएको गठबन्धन अनुसार नै अघि बढ्ने करिब निश्चित नै छ,’ उनी भन्छिन्,  ‘कर्णालीमा हालको सत्ता साझेदार एमालेले के गर्ने भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन। उहाँहरुको निष्कर्षपछि हामी बाँकी छलफल अघि बढाउँछौं।’

नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाह अहिले एमाले कसरी अघि बढने भन्ने बारेमा कुनै छलफल नभएको बताउँछन्। आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका शाहले एमालेले केन्द्रका बारेमा मात्रै निर्णय गरेको बताउँदै प्रदेशका बारेमा के गर्ने भन्ने निर्णय नगरेकाले कसरी अघि बढ्ने भन्ने विषयमा अहिले नै बोल्नु हतारो हुने प्रतिक्रिया दिए।

सामाजिक विकासमन्त्री टेकराज पछाईले केन्द्रमा जे जस्तो भए पनि प्रदेशमा हालकै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा आफूहरु रहेको बताए। ‘केन्द्रका बाछिटा प्रदेशमा पार्नुहुन्न र यही गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्ने मान्यता हाम्रो छ’, पार्टीका प्रदेश उपसचिवसमेत रहेका मन्त्री पछाईले भने।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित
उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १९, २०८३
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित शुक्रबार, भदौ १९, २०८३
उपत्यकामा २४ हजारभन्दा बढी ग्यास सिलिन्डर भित्रिँदै शुक्रबार, भदौ १९, २०८३
चार प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीका केही स्थानमा हावाहुरीको चेतावनी शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्