काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ।
पार्टीको केन्द्रीय कार्यालय बसन्धुरामा सोमबार बिहान ११ बजेबाट बैठक सुरु भएको संसदीय दलका सचेतक सन्तोष परियारले बताएका छन्।
परियारका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनका विषयमा र वर्तमान राजनीतिक घटनाक्रमका विषयमा ठोस निर्णय गर्नेछ।
रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड‘ नेतृत्वको सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको छैन।
प्रचण्ड पुस १० गते एमालेसँग गरेको गठबन्धनबाट अलग भएर कांग्रेससँगको पुरानै गठबन्धनमा फर्किसकेका छन्।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ। एमाले भने सरकारमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।