काठमाडौं– नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) ले सफाइ पाएको आदेश पत्र कारागार कार्यालय तनहुँ पुगेको छ।
आइतबार उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको थियो। अदालतको आदेश पत्र कार्यालय आइपुगेको र अबको आधा घण्टाभित्र शाहलाई रिहा गरिने जिल्ला कारागार तनहुँका जेलर नारायणप्रसाद अधिकारीले जनाए। उनले पलका आफन्तलाई बोलाइएको र उनीहरू पुग्नेबित्तिकै जिम्मा लगाइने बताए।
उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले शाहलाई आइतबार सफाइ दिएको थियो।
यसअघि तनहुँ र नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएका थिए। तर, नवलपुर जिल्ला अदालतले भने बाल यौन दुर्व्यवहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो। तर, उच्चले बाल यौन दुर्व्यवहारमासमेत उनलाई सफाइ दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।