काठमाडौं– अल्पविकसित मुलुकहरको पाँचौं सम्मेलनका लागि तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द गरिएको छ।
फागुन १९ गते उनी कतार जाने कार्यक्रम थियो। तर राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनुका साथै अन्य राजनीतिक कार्यक्रमहरुसमेत रहेकाले भ्रमण रद्द गरिएको हो।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलन हुँदै छ। प्रचण्ड त्यहाँ सहभागी हुन जाने तयारीमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।