काठमाडौं– राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत र लोसपाका नेताहरुको बैठक सुरु भएको हो।
यी आठ दलको सहमतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ। यस्तै उपराष्ट्रपति भने नेकपा जनता समाजवादी पार्टीले लिने सहमति भएको छ।
बैठकमा आठवटै दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।