काठमाडौं– प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन्। मावअधिकार परिषद्को ५२औं सभामा सहभागी हुन आजै साँझ जेनेभा जान लागेकी पौड्यालको भ्रमण प्रधानमन्त्रीले रोकेका हुन्।
प्रधानमन्त्री प्रचण्डले फोन गरेरै मन्त्री पौड्याललाई नजान भनेका थिए। एमालेबाट मन्त्री बनेकी पौड्याललाई नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्रीले विदेश जान रोकेका हुन्।
परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन्। उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ। नेपाल अहिले मानवअधिकार परिषद्को सदस्य पनि हो।
मन्त्री पौड्यालले आइतबार दिउँसोमात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताएकी थिइन्। उनले मन्त्रिपरिषद्कै निर्णयमा आफू जान लागेको र नजान भने त्यसपछि अर्को निर्णय गर्ने बताएकी थिइन्।
मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरुले नेतृत्व गरेर जेनेभा जाने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।