काठमाडौं– नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) ले सफाइ पाएका छन्। उनलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो।
उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो।
यसअघि तनहुँ र नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएका थिए। तर तनहुँ अदालतले भने बाल यौन दुर्व्यवहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो।
तर, बाल यौन दुर्व्यवहारमासमेत उनलाई सफाइ दिइएको हो। अदालतले सफाइ दिएसँगै अब उनी रिहा हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।