• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली शैली : सरकारमा सहभागिता कायमै तर प्रधानमन्त्रीको तीव्र आलोचना

64x64
नेपाल लाइभ आइतबार, फागुन १४, २०७९  १६:५६
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ राष्ट्रपति निर्वाचनका सन्दर्भमा नयाँ गठबन्धन निर्माण गरे। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय लियो। लगत्तै शनिबार नै राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय लियो। तर, एमालेले भने त्यसो गरे। शनिबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवार मात्रै तय गर्‍यो।

यतिबेला नेकपा एमाले सत्तापक्ष हो। सरकारमै सहभागी दल हो। अझ सरकारमा रहेका दलहरुमध्ये सबैभन्दा ठूलो दल हो। तर प्रधानमन्त्रीले गठबन्धन फेरिसक्दा समेत सरकारमै रहने निर्णय लिएको पार्टीका अध्यक्ष ओलीले आइतबार भने प्रधानमन्त्री प्रचण्डको तीव्र आलोचना गरेका छन्। सामान्यतया आफ्नै दल सहभागी सरकारका प्रधानमन्त्रीको सार्वजनिक आलोचना गर्ने गरिँदैन।

शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने समयमा पनि उनले माओवादीको खासै आलोचना गरेका थिएनन्। बरु पुस १० को सहमति अनुसार माओवादीले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउने विश्वास व्यक्त गरेका थिए। तर भोलिपल्टै प्रचण्डको विगतदेखि वर्तमान उधिनेर आलोचना गरेका हुन्।

सहिद घाइते तथा बेपत्ता परिवारको कार्यक्रममा सम्बोधन गर्न पुगेका उनले प्रचण्डको नेतृत्वमा सुरु तत्कालीन जनयुद्धलाई हिंसाको अभियान भने। जुन अस्वाभाविक होइन। यसअघि पनि प्रचण्ड र माओवादीसँग सहज सम्बन्ध रहेका बेलामा जनयुद्धका सन्दर्भमा मौन बस्ने वा नरम आलोचना गर्ने तर सम्बन्ध बिग्रिएका बेलामा आक्रोश पोख्ने उनको पुरानै शैली हो। गत फागुन १ गते सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिँदा मौन बसेका उनले बिदा मनाएको ११ दिनपछि भने 'हिंसा दिवस' भनेका थिए।

आइतबारको कार्यक्रममा उनले प्रचण्डलाई बिरालोसँग तुलना गरे। प्रचण्डले गठबन्धन परिवर्तन गरेकोप्रति उनको कटाक्ष थियो, 'एउटा प्रवृत्ति के देखिन्छ, बिरालो किन्नुपर्दैन, दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने। कसले कचौरामा  कति दूध भात दिन्छ, त्यस अनुसार खुत्रुक्क छिमेकीका घरतिर सर्ने।'

Ncell 2
Ncell 2
nimb
nimb

ओलीले २०६२/६३ को आन्दोलनपछि कोही पनि प्रचण्ड जति लामो समय निरन्तर सत्तापक्ष नभएको बताए। 'जता जोसँग मिलेर भए पनि सत्तामा हुने', प्रचण्डको शैलीप्रति उनको टिप्पणी थियो।

यसबीचका संवादहरुमा पनि प्रचण्डले दोहोरो शैली देखाएको ओलीको आरोप थियो। 'पुष्पकमल दाहालले अस्तिका (शुक्रबार) दिनसम्म मलाई छक्याइरहनु भयो। उहाँले हातमा चक्कु लिएर बस्नु भएको थियो, मलाई भन्नुभयो- 'म फूल लिएर बसेको छु। मैले फूल लिएर बसेको छु, चक्कु जस्तो देख्नुभयो होला, यो भ्रम हो। यो चक्कु हैन, फूल हो' भन्नुभयो। म पनि तपाईंले भन्नु भएपछि फूल नै हो, केको चक्कु हो भन्दै बसेँ।’

यसै प्रसंगमा उनले प्रचण्डले एक थोक बोल्ने र अर्को काम गर्ने बताए। साथै आफूलाई धोका दिएको आरोप लगाए। 'उहाँ ढाँट्न र छक्याउन अप्ठ्यारो मान्नुहुन्न। धोका दिन अप्ठ्यारो मान्नुहुन्न। जनतालाई धोका दिनुभयो, सहयोद्धाहरुलाई धोका दिनुभयो। आफूलाई त्यस ठाउँमा पुर्या उन योगदान गर्नेहरुलाई धोका दिनुभयो। आफूलाई त्यस ठाउँमा पुर्याईउन जीवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूलो कुरा भयो र?', उनको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले ओली लगायतसँगको दुई महिने सहकार्यले आफूलाई गाह्रो परेको भन्दै दिएको अभिव्यक्तिको पनि उनले कटाक्षपूर्ण ढंगले खण्डन गरे। 'दुई महिना कस्तो गाह्रो भएको थियो। साँच्चै गाह्रो भएको थियो उहाँलाई। हरियो देख्नै नहुने, दाम्लो चुडाएर जान खोज्ने। मैले रोकिदिने। गाह्रो त गाह्रो परेको थियो उहाँलाई। दाम्लो छिनालेर जान खोज्ने। झ्याप्पै मुख लाउन खोज्ने। तान्दिएपछि गाह्रै भएको थियो', ओलीले भने।

उनले आफूलाई पहिल्यै प्रचण्ड आफूसँग टिक्न नसक्ने थाहा भएको बताए। आफूसँग काम गर्दा 'काले-काले मिलेर खाऔँ भाले' हुन नसक्ने उनको भनाइ छ। 'त्यसैले जहाँ हुनसक्छ। त्यतै जानु उहाँका लागि सायद अनिवार्य थियो', उनले भने।

त्यसो त ओलीले पुस १० गते सत्ता गठबन्धन निर्माण गर्न आफूले नयाँ विज्ञान र प्रविधि प्रयोग गरेको तर सफल नभएको बताए। 'मैले लेटेस्ट साइन्स एन्ड टेक्नोलोजीको प्रयोग गरेर जोड्दाखेर हुन्छ कि भनेर पुस १० गते जोडिहेरेँ। इन्जेक्सन दिएँ। मलम लगाएँ। तर हुँदो रहेनछ। फत्रक्क झर्‍यो फेरि', उनले भने।

त्यस दिन प्रचण्ड तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगको बालुवाटार बैठकबाट बाहिरिएर बालकोट पुगेका थिए। त्यहीँ नयाँ गठबन्धन निर्माण भएको थियो। त्यतिबेला प्रचण्डलाई प्रधानमन्त्री दिने र एमालेले राष्ट्रपति तथा प्रधानमन्त्री पाउने सहमति भएको नेताहरुको भनाइ छ। प्रधानमन्त्री र राष्ट्रपतिमा आलोपालो गर्ने सहमति भएको पनि उनीहरु बताउँछन्। तर, प्रचण्डले एमालेलाई राष्ट्रपतिमा नसघाउने भन्दै कांग्रेससहितको गठबन्धन निर्माण गरेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्