काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ। आगामी बैशाख १० हुने चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका सन्दर्भमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
बैठक सोमबार पार्टी कार्यालय बसुन्धारामा बस्नेछ। उक्त बैठकमा पछिल्लो राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन क्षेत्र नम्बर २ को उपचुनावबारे छलफल हुनेछ।
गत पुस १० गते बनेको सात दलीय गठबन्धन भत्किएर यतिबेला नेयाँ समीकरण बनेको छ। राष्ट्रपति चुनावका लागि माओवादी–कांग्रेसहित ८ दलीय गठबन्धन छ। पार्टी सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी पाइएपछि सांसद पदका साथै गृहमन्त्रीसमेत गुमाएको रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।