• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

रित्तिँदै गाउँ, भरिँदै बजार

पूर्ण विके/रासस आइतबार, फागुन १४, २०७९  १४:३९
1140x725

तनहुँ– ‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पर्थ्यो। त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, ‘तर अहिले ती सबै एकादेशको कथा जस्ता भए। सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो। हेर्दा–हेर्दै गाउँ रित्तियो।’

भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताए। उनका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन्। पुर्ख्यौली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उनी भने गाउँमै बसेका छन्। 

यस ठाउँमा उब्जाउ राम्रो हुने भए पनि अधिकांश जमिन बाँझो छ। काम गर्ने कोही नहुँदा गाउँमा रहेको करिब दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उनले बताए।  ‘गाउँका बुढापाका सबै आफ्ना सन्तान सँगै बसाइँ सरेर गए’, गुरुङले भने,  ‘तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौं। हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौं।’ 

गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो। गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी संकलन ट्यांकीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो।

यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाडौं गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ। ‘गाउँका छोराहरु कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरु पनि सहरतिर जाने गरेका छन्’, गुरुङले भनिन्, ‘हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो।’

तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ। व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०/६५ घरको ठूलो बस्ती थियो। नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन्। प्रायःगाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाडौंमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ।

व्यास–९ कै मेवाबारीबाटसमेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन्। गाउँका युवाहरु वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले। 

व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेँसी झर्दा गाउँ शून्य छ। यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँसमेत पहिरोमा पर्ने भयले आफूहरुले गाउँ छाड्नु परेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताए। गाउँमा रहेका १७ घर परिवारको करिब ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उनले बताए। 

Ncell 2
Ncell 2

‘पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नु पर्ने अवस्था थियो’, नेपालीले भने, ‘अहिले बेँसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन। जसोतसो दैनिक गुजारा चलेकै छ।’ आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरुले गाउँ छाडेको उनले बताए। 

खाडी या अन्य मुलुकमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाडौंलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताए। शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको संख्या बढ्दै गएको उनले जानकारी दिए।

‘श्रीमान् विदेश जानेबित्तिकै काखका सन्तान च्यापेर श्रीमती बजारमा झर्नेक्रम बढ्दो छ’, आलेले भने, ‘त्यसले गर्दा गाउँ रित्तिँदै गएको छ।’ सन्तानलाई गुणस्तरीय शिक्षा दिने हुटहुटीले गर्दा आफूले दमौलीको एक कोठा भाडामा लिई श्रीमती र छोरालाई राखेर रोजगारीको लागि कतार हानिएको व्यास–६ स्याम्घाका ३३ वर्षीय रमेश श्रेष्ठले बताए।

‘गाउँघरमा हामीले भनेजस्तो अङ्ग्रेजी शिक्षा पाएनौं’, श्रेष्ठले भने, ‘हाम्रो सन्तानले हाम्रो जस्तो अवस्था नहोस् भनेर गाउँ छाड्न बाध्य भइयो।’ गाउँमा १२/१५ रोपनी पाखोबारी भए पनि श्रेष्ठले दमौली बजार नजिकै व्यास–५ चापाघाटमा चार वर्ष पहिले करिब १७ लाख रुपैयाँ खर्चिएर चार आना जग्गासमेत किनेको बताए। 

भूगोल र आफन्तको प्रभावको आधारमा अधिकांशले गाउँबाट बजारतिर बसाइँसराइ गरेको पाइएको छ। पृथ्वी राजमार्ग क्षेत्रका बस्तीहरु भिमाद, दुलेगौँडा, खैरेनी, थर्पु, दमौली, डुम्रे, भानु, आँबुखैरेनीलगायतका बजारमा बसाई गरेर आउनेहरुको दर बढ्दो छ। ठिक्कको कमाइ गर्नेहरुको रोजाइ भने गाउँबाट यातायात, शिक्षा र स्वास्थ्यको पहुँच भएको बेँसी क्षेत्रका बस्तीमा परेको छ। 

प्रभावकारी भएन बाँझो जमिन सदुपयोग नीति
बसाइँसराइ गरेर जानेलाई निरुत्साहित गर्न तनहुँका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, ऋषिङ, म्याग्दे र घिरिङ गरी छ गाउँपालिका गरी १०  स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले बाँझो जमिनलाई सदुपयोग गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको छैन। बाँझो जमिन नराख्न प्रोत्साहन गर्ने स्थानीय तहहरुले ल्याएको नीति तथा कार्यक्रम नारामा मात्र सीमित छ।

व्यास नगरपालिकाको कार्यालयले बाझो जग्गा सदुपयोग गर्नेलाई कर छुटको नीति ल्याए पनि त्यो पर्याप्त छैन। आलुको बिरुवा, प्याजको बिरुवा खरिदमा व्यक्ति, समूह वा सहकारीलाई व्यास नगरपालिकाको कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरे पनि त्यसलाई पकेट क्षेत्र खेती विकास कार्यक्रमकारुपमा विकास गर्न नसक्दा अनुदानको कार्यक्रमले व्यावसायिक कृषक बढाउन सकेको छैन।

गाउँमा उब्जनी गरिएको तरकारी खेतीको लागत मूल्य बढी पर्ने भएकाले आफूले घाटाको खेती नगरेको व्यास ११ तनहुँसुरका अगुवा सुन्तला कृषक केबी थापाले बताए। दैनिक पानी लगाउन नसकिने र दमौली बजार पनि करिब १५ किलोमिटर टाडा पर्ने भएकाले आफूले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको उनले बताए। 

‘‘गाउँमा खाने पानीको लागि त विद्युतको भर पर्नुपर्छ’, थापाले भने, ‘त्यसैले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको हुँ।’ गाउँमा तरकारी खेती गर्ने व्यावसायिक कृषकलाई राज्यले अनुगमन र निरीक्षण गरी उचित अनुदानको व्यवस्था गरे गाउँघरमा बाँझो जमिन सदुपयोग हुन सक्ने आफूलाई लागेको थापाको भनाइ छ।

पानी नलाग्ने क्षेत्रहरुमा अदुवा, हलेदोलगायतको खेतीलाई राज्यले प्रोत्साहन गरी बजारीकरणको व्यवस्थासमेत राज्यले गर्न सके गाउँमा बाँझो जमिन सदुपयोग हुने कृषक थापाले बताए। ऋषिङ गाउँपालिका कार्यालयको नारा नै ‘ऋषिङ समृद्धिको आधार कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ रहेको छ।

कृषि नै गाउँपालिकाको मुख्य आधार बुझेको यस गाउँपालिकाको कार्यालयले कोदो र मकैलाई गाउँपालिकाको पहिचान बनाउने नीति लिएको छ। तर उक्त नीतिलाई प्रभावकारी बनाउन गाउँपालिकाले पनि व्यावसायिक खेती गर्नेतर्फ कृषकलाई आकर्षित गर्न सकेको छैन। 

अन्य स्थानीय तहलेसमेत कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि दिगो प्रभाव पार्ने कार्यक्रम ल्याउन सकेको देखिँदैन। बिउबिजन र जोत्नको लागि हाते ट्याक्टरमा अनुदानको अलावा म्याग्दे र व्यास नगरपालिका–१ को कार्यालयले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप नगद १० हजार दिने नीति राखेको छ।

यस्ता साना कार्यक्रमबाहेक ग्रामीण क्षेत्रमा व्यावसायिक कृषकको पहिचान गरी प्रभावकारी अनुदानको व्यवस्था गर्ने नीति कुनै पनि तहले प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेका छैनन्। 

बसाइँसराइले हराउँदै घैया धान 
बसाइँसराइको प्रत्यक्ष असर पाखोमा लगाइने घैया धान खेतीमा समेत परेको छ। चार/पाँच वर्षअघि व्यास नगरपालिकाको साँगे, भानुको फुर्सेटार, म्याग्देको दिर्बुलगायत सबैजसो पालिकामा रहेका पाखो टारहरुमा लगाइने घैया धान अहिले हराउँदै जानु चिन्ताको विषय रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ। 

घैया घान खेती गर्नेको संख्या ह्वात्तै घट्नुमा बसाइँसराइ नै प्रमुख कारण रहेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको ठम्याइ छ। ‘केही वर्ष पहिले तनहुँ घैया धान खेतीमा समेत चर्चित थियो’, केन्द्रका प्रमुख तिवारीले भने, ‘तर अहिले छिटफुटबाहेक कतै पनि घैया खेती गरेको देखिँदैन।’

बसाइँसराइ र वैदेशिक रोजगारीमा गएकाहरुको परिवारले पनि किनेरै चामल खाने चलनले गर्दा घैया धानखेती लगाउन बन्द भएको उनको भनाइ छ। केही वर्ष पहिले जिल्लाभरि करिब तीन सय हेक्टर क्षेत्रफलमा घैया धान लगाइने र करिब आठ सय मेट्रिकटनको हाराहारी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।

घैया धानसँगै जिल्लामा अहिले चैते धान लगाउनेको संख्यासमेत ह्वात्तै घटेको छ। गतवर्ष एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा आठ हजार चार सय ८४ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ। विसं २०६० सालसम्म जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरिने तथ्यांक रहेको केन्द्रका प्रमुख तिवारीले बताए। 

‘वैदेशिक रोजगारीको कारण बसाइँसराइले गर्दा गाउँको बाँझो जमिन रहने दर बर्सेनि बढ्दै गएको छ’, उनले भने, ‘बाँझो जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र त्यसै छाड्नेलाई जरिवानाको व्यवस्था स्थानीय तहले गरे जमिन बाँझो हुने क्रममा कमी हुने थियो।’ तनहुँमा खेती गर्न योग्य रहेर पनि बाँझो रहेको जमिन १३ हजार पाँच सय ५१ हेक्टर रहेको छ। कूल ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहे पनि हाल ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको केन्द्रले जनाएको छ।

विदेश पलायन हुनेको दर वर्षेनी बढ्दै
जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ। राहदानी बनाउन सिफारिस गर्न आउनेमा विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने युवा र आफन्त भेट्न विदेश जाने अभिभावकहरु रहेको प्रशासन कार्यालयले जनाएको छ। 

चालू आर्थिक वर्ष २०७९/८० को श्रावणदेखि माघसम्मको सात महिनामा राहदानी सिफारिस गरिएको संख्या गत आव २०७८/७९ मा सिफारिस गरिएकोभन्दा एक हजार आठ सय ५७ ले बढी छ। पछिल्लो सात महिनामा जिल्ला प्रशासन कार्यालयद्वारा तीन हजार सात सय ४६ महिलासहित १० हजार सात सय २२ जनाले राहदानी बनाउन सिफारिस गरिएको छ।

राहदानी बनाउन आउनेमध्ये विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी करिब ४५ प्रतिशत सोही अनुपातमा वैदेशिक रोजगारीमा जाने युवा र बाँकी १० प्रतिशत विदेश आफन्त भेट्न जाने अभिभावक रहेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा
सम्बन्धित सामग्री
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् ।... मंगलबार, माघ १३, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको ह... आइतबार, माघ ११, २०८२
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्