काठमाडौं– संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको ५२औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल आइतबार जेनेभा जाने भएकी छन्।
मन्त्री पौड्यालले जेनेभामा हुने महसाभमा भाग लिने, केही द्विपक्षीय संवादहरु गर्ने, उच्च आयुक्तलाई भेट्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले बताएको छ।
मन्त्री पौड्याल जेनेभाबाट मार्च ३ मा फर्किएर दोहामा हुने अतिकम विकसित मुलुकको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको र मार्च ७ मा काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्रले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।
नेपाल मानवअधिकार परिषद्को सदस्य राष्ट्र हो। नेपाल सदस्य राष्ट्रको हिसाबले अन्तिम वर्ष त्यहाँ सहभागी हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।