काठमाडौं– अतिकम विकसित मुलुकहरुको दोहामा हुने ५औँ सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ।
उक्त सम्मेलन आगामी मार्चको पहिलो साता आयोजना हुने भएको छ। कार्यकममा सहभागी हुने प्रचण्ड नेतृत्वको नेपाली मण्डल मार्चको ३ मा दोहा प्रस्थान गर्ने र मार्च ६ मा स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले बताएका छ।
प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले बताएको छ। त्यहाँ सहभागी अन्य देशका प्रतिनिधि मण्डलका नेताहरुसँग द्धपक्षीय वार्ता गर्ने र दोहामा रहँदा प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।