काठमाडौं– राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्। आम जनता पार्टीको तर्फबाट जारी विज्ञप्तिमा पौडेललाई समर्थन गर्ने बताइएको छ। साह सोही पार्टीका अध्यक्ष हुन्।
‘नेपालको राजनीतिमा विगतमा भए गरेका घटना, परिघटना एवं अभ्यासलाई दृष्टिगत/मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो आम जनता पार्टीको समर्थन रहने विषय सबैमा सहर्ष जानकारी गराउन चाहन्छु,’ सो पार्टीका प्रचार प्रसार प्रमुख चन्द्रभुषण साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
शनिबार एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रपति पदको निर्वाचन भने फागुन २५ मा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।