काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैंलाई प्रधानमन्त्री बनाउने सत्ता गठबन्धन संविधान र राष्ट्रको हितमा नभएको महसुस गरेको बताएका छन्।
महेन्द्र नारायण निधिको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले आफू प्रधानमन्त्री बन्दा जुन शक्तिहरु हौसिए, त्यसबाट सो महसुस गरेको उनको भनाइ छ।
प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र विभ्रम मात्रै पैदा गर्ने बताए। ‘मैले दुई महिनाभित्रै त्यो तीतो अनुभव र अनुभूति गरेँ’, उनले भने।
उनले आठ दलको बीचमा भएको सहमति राष्ट्रिय सहमति नै हो भन्ने आफ्नो बुझाइ रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।