काठमाडौं– नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाएका सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै एकीकृत समावादीलाई पत्र पठाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमालेका उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र पठाएका हुन्।
उनले राष्ट्रपतिको निर्वाचनमा मतदाताका रुपमा रहेका एकीकृत समाजवादीका प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यहरुलाई एमालेको उम्मेदवारलाई मतदान गरी सघाउन अनुरोध गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।