काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिनका लागि दबाब आएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई आजै मेयर पदबाट राजीनामा दिन खोजिएको बताएका हुन्। साथै उनले यो देश कहिले पनि नबन्ने बताएका छन्।
उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’
तर कसले उनलाई राजीनामा गर्न दबाब दिइरहेको छ भन्ने बारे चाहिं मेयर शाहले सामाजिक संजालमा केही खुलाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।