तस्बिर : निमेषजंग राई/नेपाल लाइभ
काठमाडौं– नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवासचन्द्र नेम्वाङले आफू सबैको तर्फबाट उम्मेदवार रहेको बताएका छन्।
राष्ट्रपतिको उम्मेदवारका रुपमा मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै नेम्वाङले यस्तो बताएका हुन्।
‘मलाई पार्टीले अघि सारेको छ। अहिले म जनताको बीचमा छु। म सबैको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा अघाडि आएको हुँ’, नेम्वाङले भने, ‘र, म त्यो दायित्व र जिम्मेवरी संविधान अनुसार पूरा गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।