काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकार रहेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।
उनीहरूले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्।

राप्रपाको तर्फबाट सरकारमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाईं राज्यमन्त्री दीपकबहादुर सिंह थिए।
वर्तमान सत्ता गठबन्धन भत्किएपछि राप्रपाको शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।