काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकार रहेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।
उनीहरूले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्।
![Rajendra-Lingden-and-Prachand1677309839.jpg](https://nepallive.net/uploads/posts/Rajendra-Lingden-and-Prachand1677309839.jpg)
राप्रपाको तर्फबाट सरकारमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाईं राज्यमन्त्री दीपकबहादुर सिंह थिए।
वर्तमान सत्ता गठबन्धन भत्किएपछि राप्रपाको शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।