काठमाडौं- नेकपा एमालेले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ।
शनिबार बसेको एमालेको सचिवालय बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको हो।
प्रसाईंले झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेका थिए।
उक्त कार्यक्रमको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका थिए। सो कार्यक्रममा पूर्वयुवराज पारस शाहको पनि उपस्थिति थियो।
प्रसाईंले यसअघि नै एमाले छाडेको घोषणा गरिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।