काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई ‘भोट क्रस’ हुने अपेक्षा गरेका छन्।
राष्ट्रपतिमा एमालेबाट सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने सचिवालय बैठकको निर्णयपछि ओलीले यस्तो अपेक्षा गरेका हुन्।
शनिबार पार्टी कार्यालय च्यासलबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘चिया खान गएजति सबैले भोट दिन्छन् र?’
शुक्रबार बेलुका बालुवाटारमा कांग्रेस, माओवादी, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए।
ओलीले त्यसमध्ये केही दल ‘चिया खान’ गएको भन्दै चिया खान गएजति सबैले भोट नदिने आसय प्रकट गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।