• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रचण्ड अघि बढिसके, एमाले भने ‘पुस १०’ मै
64x64
नेपाल लाइभ शनिबार, फागुन १३, २०७९  १२:१९
1140x725
पुस १० गते बालकोटको बार्दलीमा ‌केपी ओली र प्रचण्ड। तस्बिर: ओलीको सचिवालय।

काठमाडौं- नेकपा एमालेले आफू पुस १० को सहमतिमा कायमै रहेको सन्देश दिने गरी निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सोही सहमति अनुसार उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो।

बैठकपछि बोल्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफूहरु पुस १० को सहमतिमा अडिएको बताए। ‘हामी पुस १० कै निर्णयमा अडिनुपर्छ। त्यसकै आधारमा उम्मेदवारी दिनुपर्छ र त्यसकै आधारमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने हो’, उनले भने, ‘२५ गतेसम्म कांग्रेसबाहेक अरु दललाई हामी सहमतिमा ल्याउने प्रयन्त गर्छौँ।’

कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन त्यागेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० मा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए। त्यहीँ एमाले र माओवादी केन्द्र लगायतका दलहरुबीच नयाँ सत्ता साझेदारी बनेको थियो। त्यहाँ प्रचण्ड प्रधानमन्त्री बन्ने, राष्ट्रपति र सभामुख एमालेले पाउने र प्रधानमन्त्री तथा सभामुख आलोपालो गर्ने लगायतका सहमति भएको बताइन्छ।

तर, त्यतिबेलाको सहमति तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अघि बढिसकेका छन्। प्रधानमन्त्री भएदेखि नै ओलीबाट अप्ठ्यारो महसुस गरेको सुनाइरहेका उनले कांग्रेससँग निकटता बढाएका थिए। सोही अनुसार शुक्रबार साँझ बालुवाटारमा आठ दलको बैठक राखेर कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गराएका थिए। बालुवाटारको सो निर्णयसँगै पुरानो गठबन्धन भत्किएको चर्चा भइहेको छ।

परिस्थितिको बोध गरेरै सत्ता साझेदार दल राप्रपाले पनि सरकारबाट बाहिरिने निर्णय लिइसकेको छ। शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय लिएको हो। 

Ncell 2
Ncell 2

‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजकैबाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ’, बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सोही किसिमको निर्णय प्रदेशहरुको हकमा पनि गरिएको छ।

तर, एमालेले भने सरकारबाट नबाहिरिने निर्णय लिएको छ। गुरुङले पनि अहिले सरकार फाल्ने कि बस्ने भन्ने विषय नभएको बताए। बरु फागुन २५ सम्म परिस्थितिमा बदलाव आउने आशा एमालेलाई देखिन्छ। गुरुङको भनाइ छ, ‘राष्ट्रपतिको उम्मेदवार चयन गर्ने कुरामा पुस १० गते जे सहमति भएको छ, त्यसैमा जानुपर्छ भन्ने हाम्रो जोड छ। हामी त्यसका लागि पहल र प्रयत्न गर्ने हो। हिजोको निर्णयले त्यो कुरामा थोरै तलमाथि भएको हुनाले २५ गतेसम्म धेरै कुरा पाक्छ होला नि।’

एमाले केही पाक्ने आशामा रहे पनि प्रचण्ड भने एमाले र उससँगको सहमतिलाई छाडेर अघि बढिसकेको बुझिन्छ। शुक्रबार साँझको आठ दलीय बैठकमै उनले नयाँ गठबन्धनबारे विषयबारे ब्रिफिङ गरेका थिए। बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले भनेका थिए, ‘आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ। यसलाई अगाडि बढाऔँ। सबै दलहरू मिलेर जाऔँ। र, राष्ट्रको समृद्धि, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधिनता र जनतालाई सेवा सुविधा दिने क्रममा हामी सबै मिलेर एकताबद्ध भएर जाने हो। र, हामी सत्ता समीकरणका सन्दर्भमा पनि एकताबद्ध भएर जाऔँ।’

शुक्रबारको निर्णय अनुसार नै कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवार चयन गरिसकेको छ। सम्भवतः माओवादी केन्द्रका नेताहरु त्यसमा प्रस्तावक र समर्थक बस्नेछन्।

गुरुङको प्रतिक्रिया भने आठ दलीय गठबन्धन नै नबनेको भन्ने छ। उनले भने, ‘आठ दलीय गठबन्धन बनेकै छैन। त्यहाँ त बसेर सामान्य कुराकानी गरेको न हो। डकुमेन्टेसन भएको छ र? त्यस्तो केही भएको छ र? सहमति भयो, पुरानो टुट्यो भनेर प्रश्न आएको छ र? छैन नि।’

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्