• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड अघि बढिसके, एमाले भने ‘पुस १०’ मै

64x64
नेपाल लाइभ शनिबार, फागुन १३, २०७९  १२:१९
1140x725
पुस १० गते बालकोटको बार्दलीमा ‌केपी ओली र प्रचण्ड। तस्बिर: ओलीको सचिवालय।

काठमाडौं- नेकपा एमालेले आफू पुस १० को सहमतिमा कायमै रहेको सन्देश दिने गरी निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सोही सहमति अनुसार उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो।

बैठकपछि बोल्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफूहरु पुस १० को सहमतिमा अडिएको बताए। ‘हामी पुस १० कै निर्णयमा अडिनुपर्छ। त्यसकै आधारमा उम्मेदवारी दिनुपर्छ र त्यसकै आधारमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने हो’, उनले भने, ‘२५ गतेसम्म कांग्रेसबाहेक अरु दललाई हामी सहमतिमा ल्याउने प्रयन्त गर्छौँ।’

कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन त्यागेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० मा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए। त्यहीँ एमाले र माओवादी केन्द्र लगायतका दलहरुबीच नयाँ सत्ता साझेदारी बनेको थियो। त्यहाँ प्रचण्ड प्रधानमन्त्री बन्ने, राष्ट्रपति र सभामुख एमालेले पाउने र प्रधानमन्त्री तथा सभामुख आलोपालो गर्ने लगायतका सहमति भएको बताइन्छ।

तर, त्यतिबेलाको सहमति तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अघि बढिसकेका छन्। प्रधानमन्त्री भएदेखि नै ओलीबाट अप्ठ्यारो महसुस गरेको सुनाइरहेका उनले कांग्रेससँग निकटता बढाएका थिए। सोही अनुसार शुक्रबार साँझ बालुवाटारमा आठ दलको बैठक राखेर कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गराएका थिए। बालुवाटारको सो निर्णयसँगै पुरानो गठबन्धन भत्किएको चर्चा भइहेको छ।

परिस्थितिको बोध गरेरै सत्ता साझेदार दल राप्रपाले पनि सरकारबाट बाहिरिने निर्णय लिइसकेको छ। शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय लिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजकैबाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ’, बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सोही किसिमको निर्णय प्रदेशहरुको हकमा पनि गरिएको छ।

तर, एमालेले भने सरकारबाट नबाहिरिने निर्णय लिएको छ। गुरुङले पनि अहिले सरकार फाल्ने कि बस्ने भन्ने विषय नभएको बताए। बरु फागुन २५ सम्म परिस्थितिमा बदलाव आउने आशा एमालेलाई देखिन्छ। गुरुङको भनाइ छ, ‘राष्ट्रपतिको उम्मेदवार चयन गर्ने कुरामा पुस १० गते जे सहमति भएको छ, त्यसैमा जानुपर्छ भन्ने हाम्रो जोड छ। हामी त्यसका लागि पहल र प्रयत्न गर्ने हो। हिजोको निर्णयले त्यो कुरामा थोरै तलमाथि भएको हुनाले २५ गतेसम्म धेरै कुरा पाक्छ होला नि।’

एमाले केही पाक्ने आशामा रहे पनि प्रचण्ड भने एमाले र उससँगको सहमतिलाई छाडेर अघि बढिसकेको बुझिन्छ। शुक्रबार साँझको आठ दलीय बैठकमै उनले नयाँ गठबन्धनबारे विषयबारे ब्रिफिङ गरेका थिए। बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले भनेका थिए, ‘आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ। यसलाई अगाडि बढाऔँ। सबै दलहरू मिलेर जाऔँ। र, राष्ट्रको समृद्धि, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधिनता र जनतालाई सेवा सुविधा दिने क्रममा हामी सबै मिलेर एकताबद्ध भएर जाने हो। र, हामी सत्ता समीकरणका सन्दर्भमा पनि एकताबद्ध भएर जाऔँ।’

शुक्रबारको निर्णय अनुसार नै कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवार चयन गरिसकेको छ। सम्भवतः माओवादी केन्द्रका नेताहरु त्यसमा प्रस्तावक र समर्थक बस्नेछन्।

गुरुङको प्रतिक्रिया भने आठ दलीय गठबन्धन नै नबनेको भन्ने छ। उनले भने, ‘आठ दलीय गठबन्धन बनेकै छैन। त्यहाँ त बसेर सामान्य कुराकानी गरेको न हो। डकुमेन्टेसन भएको छ र? त्यस्तो केही भएको छ र? सहमति भयो, पुरानो टुट्यो भनेर प्रश्न आएको छ र? छैन नि।’

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्