काठमाडौं- नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई चयन गरेको छ।
पार्टी कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने बारे सर्वसम्मत निर्णय गरेको हो।
एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० गते गठबन्धनको बीचमा भएको सहमति अनुसार नै आफूहरुले उम्मेदवारी दिन लागेको बताए।
पुस १० मा एमाले र माओवादी केन्द्र लगायतका दलहरुको नयाँ गठबन्धन निर्माण हुँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको बताइन्छ। तर, सहमतिबाट माओवादी केन्द्र पछि हटिसकेको छ।
त्यस्तै, एमालेले नेम्वाङलाई सहयोग गर्न कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने गुरुङले बताए। कांग्रेसले आफ्नै उम्मेदवार तय गरेकाले उसलाई भने पत्र नपठाइने उनको भनाइ छ।
शनिबार बिहान नै बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रामचन्द्र पौडेललाई उम्मेदवार चयन गरेको छ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।