काठमाडौं– नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।
शनिबार बिहान बसेको सचिवालय बैठकले पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।
राष्ट्रपतिका लागि शनिबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छ।
यसअघि कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। पौडेललाई ८ दलको समर्थन प्राप्त हुने भएको छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।