फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन्।
शनिबार पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
सिटौलाले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मतीले स्वीकार गरेको पनि बताए। नेता सिटौलाले राष्ट्रपतिमा आफ्नो चर्चा हुनु स्वाभाविक रहेको उल्लेख गरे।
उनले शुक्रबार बैठकमा सहभागी ८ दलले नै पूर्ण रुपमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताए।
‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो। मेरो पनि चर्चा थियो। त्यो स्वाभाविक पनि छ। सभापतिज्यूले प्रस्ताव राख्नुभयो। हामीले सर्वसम्मतले पास गरेका छौँ’, उनले भने, ‘अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ। उहाँको विजय निश्चित छ। अत्यधिक मतले विजय निश्चित छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।