काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिमि र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।
'परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ', बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राप्रपाले प्रदेश सरकारहरुलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। र, प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय लिएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो। त्यससँगै पुस १० मा गठित सत्ता गठबन्धन भत्किने आकलन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।