काठमाडौं- केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन्।
गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री भएदेखि बैठक टार्दै आएका देउवा पार्टी कार्यालय पनि गएका थिएनन्।
शुक्रबार साँझ आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय लिएसँगै उम्मेदवार चयनका लागि देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठकले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्ने नेताहरुको भनाइ छ।
निर्वाचनअघिदेखिको कांग्रेस नेतृत्वको गठबन्धन गत पुस १० मा भत्किएको थियो। त्यस दिन प्रचण्ड एमाले लगायतका दलको साथ लिएर प्रधानमन्त्री नियुक्त भएका थिए। शुक्रबारको आठ दलीय बैठकमा भने उनै प्रचण्डले एमालेसँगको सहमति बेवास्ता गरेर कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरेका थिए।
फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।