काठमाडौं- कार्यसम्पादन समितिको बैठकका लागि नेपाली कांग्रेसका नेताहरू पार्टी कार्यालय सानेपा पुग्ने क्रम सुरु भएको छ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरू सानेपा पुगिसकेका छन्।
राष्ट्रपतिका लागि उम्मेदवार चयन गर्न कांग्रेस बैठक बस्न लागेको हो। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ। तर, पौडेलको पक्षमा निर्णय गरिने नेताहरुको भनाइ छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो।
बालुवाटारको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।