काठमाडौं- जनता समाजवादी पार्टी (जसपा), नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
शुक्रबार राति बसेको जसपाको कार्यकारिणी समिति बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो।
उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएपनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएन।
यसअघि शुक्रबार बेलुका नै बालुवाटारमा बसेको जसपासहितको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो।
राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। जसका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।