काठमाडौं– घुससहित रंगेहात पक्राउ परेको भन्दै भ्रष्टाचार मुद्दा चलाइएका प्रहरी नायब निरीक्षक (सई) रुपनारायण महतोले सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको शुक्रबारको इजलासले महतोलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेश कार्यालय पोखराले तत्कालीन समयमा बागलुङमा कार्यरत महतोलाई घुससहित पक्राउ गरेको थियो।
विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोले ३८ हजार घुस लिएको भन्दै अख्तियारले गत वैशाख २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको बताइएको थियो। तर, उनलाई अदालतले भने सफाइ दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।