काठमाडौं– घुस लिएको आरोप लागेकी आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युट अधिकृत बिन्दु श्रेष्ठ प्रधान दोषी ठहर भएकी छन्।
विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलाले शुक्रबार उनलाई दोषी ठहर गरेको हो।
कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुल दिँलै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत साउन १८ गते पक्राउ गरेको थियो।
घुससहित पक्राउ परेकी प्रधानविरुद्ध अख्तियारले गत भदौ २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको फैसला गर्दै प्रधानलाई दोषी ठहर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।