काठमाडौं- आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य पेस गरेको छ। युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको हो।
नेपालका लागि शीर्षक्रमका ब्याटर आकाश त्रिपाठी र अलराउन्डर विशालविक्रम केसीको उत्कृष्ट खेले। त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा बनाए। केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे।
यसैगरी, अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट भए भने कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा बाहिरिए।
पहिलो खेलमा दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रन बनाए। विकेटकिपर दीपक डुम्रेले १० र मिलन बोहराले ४ रनको योगदान गरे। सुवास भण्डारी १२ रनमा अविजित रहे।
प्रतियोगितामा नेपालका साथै हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ। अहिले मलेसिया र युएईबीचको खेल समेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।