• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारत-पाकिस्तान ‘लुडो प्रेम’कहानी : मुलायम र इकराको प्रेम, विवाह र विछोडको कथा

64x64
नेपाल लाइभ शनिबार, फागुन २०, २०७९  ०७:३५
1140x725

पाकिस्तानको हैदरावादकी १९ वर्षीया इकरा जीवानी र उत्तर प्रदेश प्रयागराजका २१ वर्षीय मुलायम सिंह यादव अनलाइन लुडो खेल्दा प्रेममा परे। 

यो सन् २०२०को कुरा हो। 

इकरा अवैध रुपमा नेपाल हुँदै भारत पुगेकी थिइन्। दुवैले विवाह गरेर बेंगलोरमा बस्न थाले।

तर पुलिसलाई इकराको पाकिस्तानसँग सम्बन्धित ह्वाट्सएप कलको बारेमा शंका लाग्यो। अनुसन्धानपछि उनलाई पाकिस्तान पठाइएको थियो।

मुलायमलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ।

तर मुलायम सिंह यादवको परिवारले अहिले सरकारलाई बुहारी फिर्ता गरी छोरालाई रिहा गर्न आग्रह गरिरहेको छ।

हामी तपाईंलाई इकरा र मुलायमको प्रेम, विवाह र विछोडको कथा सुनाउँछौं।

लुडो खेल्दा प्रेम
गत १९ फेब्रुअरीमा इकरा जीवानीलाई वाघा सीमाबाट पाकिस्तान पठाइएको थियो। उनको अपराध अवैध रुपमा भारत आउनु थियो। उनले प्रयागराजका मुलायम सिंह यादवसँग विवाह गरेकी थिइन् र उनीसँगै बेंगलोरमा बस्दै आएकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनपछि सन् ०२० मा समीर अन्सारी बनेर मुलायम सिंह यादवले इकरासँग अनलाइनमा लुडो खेल्न थालेका थिए।

इकरा १९ वर्षकी मात्र थिइन्। २१ वर्षीय मुलायम बेंगलोरको एउटा आइटी कम्पनीमा गार्डको रूपमा काम गर्थे। दुईबीचको सम्बन्ध गहिरो थियो। लामो दूरीको सम्बन्धमा थुप्रै कठिनाइ थिए। इकरामाथि परिवारबाट विवाहको दबाब पनि बढ्दै गयो। यसकाकारण मुलायमको सल्लाहमा इकरा पाकिस्तानबाट दुबई हुँदै नेपाल आइपुगेकी थिइन्।

उनीहरू दुवैले मन्दिरमा विवाह गरेर सन् ०२२ को सेप्टेम्बरमा नेपालबाट पटना हुँदै बेंगलोर पुगेको प्रहरीको अनुमान छ। जहाँ उनीहरू बेलन्दुर थाना इलाकामा बस्न थाले। प्रहरीका अनुसार मुलायम काम गर्थे र इकरा घरमै बस्थिन्। मुलायमले रिया यादवको नाममा बनेको इकराको ‘नक्कली’ आधार कार्ड पनि बनाएका थिए। 

ह्वाट्सएप कुरा हुन्थ्यो
परिवारबाट टाढा बसेकी इकराले पाकिस्तानको हैदराबादमा आफ्नी आमासँग ह्वाट्सएप कलिङमा कुरा गर्न थालिन्।

बेंगलोरमा हुने जी२० कार्यक्रम र एयरो शोलाई ध्यानमा राख्दै बेङ्गलोर प्रहरीको गुप्तचर प्रणाली उच्च सतर्कतामा थियो र सोही निगरानीका क्रममा इकराले गरेको कल प्रहरीकहाँ आयो।

यसपछि प्रहरीले इकराको खोजी गर्न थाल्यो। उनलाई सोधपुछ गर्दा यो सीमा पारको प्रेमकथा मात्रै हो भन्ने थाहा भयो।

सोधपुछपछि,  इकरालाई जनवरी २० मा विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) लाई सुम्पियो।

बेंगलोरको ह्वाइटफिल्डका डीसीपी एस गिरीशले बीबीसीलाई भने, ‘अहिलेसम्म उनीविरुद्ध अवैध रूपमा देशमा आएको बाहेक अरू कुनै अपराध दर्ता गरिएको छैन। तर अनुसन्धान जारी छ।’ अर्को प्रहरी स्रोतका अनुसार, ‘अवैध प्रवेश र जालसाजी बाहेक, यो एक प्रेम कथा पनि देखिन्छ।’

मुलायम सिंह यादवलाई जालसाजी, विदेशी कानून र आईपीसीका अन्य धाराहरू अन्तर्गत गिरफ्तार गरियो र न्यायिक हिरासतमा पठाइयो। हाल उनी बेंगलोर केन्द्रीय जेलमा छन्।

सरकारलाई अपिल
मुलायमकी आमा शान्तिदेवीले बीबीसी संवाददातालाई भनिन्, ‘हामी छोरा बुहारीलाई छुटकरा दिएको हेर्न चाहन्छौं। हामी उनीहरूलाई राम्रोसँग राख्छौं। चाहे तिनीहरू पाकिस्तानका हुन् वा मुस्लिम, हामी माया गर्नेछौं। जुनै जातपात भए पनि दुवैको विवाह भइसकेको छ, हाम्रो छोरालाई छोडिदिनुहोस्।’

 मुलायमकी आमाले पाकिस्तान सरकारलाई भनिन्, ‘विवाह भइसकेको छ, दुवैलाई घर पठाइदिनुहोस्।’

मुलायमका दाइ जीतलाल यादवले बीबीसीलाई भने कि १९ जनवरीमा प्रहरीले कारबाही गरेपछि मात्र आफूलाई मुलायम र इकराको बारेमा थाहा भएको थियो।

जीतलाललाई लाग्थ्यो मुलायम आफ्नो साथीसँग बस्छन्। ‘उनी हाम्रो बुहारी हुन्, भारतकी बुहारी हुन्,’ जीतलालले भने।

इकरालाई पाकिस्तान पठाइएको मिडिया रिपोर्टबाट जितलाल यादवले थाहा पाएपछि उनी निराश भए।

जीतलाल भन्छन्, ‘अनुसन्धान भइसकेको छ। त्यसपछि इकरालाई पाकिस्तान पठाइएको छ। भाइलाई किन जेलमा राखिएको छ?’

बीबीसीले पाकिस्तानमा रहेका इकरा र उनको परिवारका सदस्यहरूलाई पनि सम्पर्क गर्ने प्रयास गरेको थियो तर हालसम्म सम्पर्क हुन सकेन।

यो सामग्री बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो । बुधबार, भदौ १७, २०८३
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्