प्रतिकात्मक तस्बिर
हेटौँडा– जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा १ जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) बलराम श्रेष्ठका अनुसार बिहीबार राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा माझीको राति नै मृत्यु भएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।