काठमाडौं– आईसीसी यु १९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले आज (शुक्रबार) सिंगापुरसँग खेल्दै छ। खेल नेपाली समयानुसार बिहान ११:१५ बजे इर्डेन गार्डेन्स आजमानमा सुरु हुनेछ।
एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधिसहित सोझै विश्वकप छनोटमा पुग्ने लक्ष्य लिएको नेपाल सिंगापुरलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ। मलेसिया पनि पहिलो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
प्रतियोगितामा नेपालसहित, सिंगापुर, मलेसिया, हङकङ, यूएई र कुवेत छन्। सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु–१९ मा सिधै छनोट हुने मौका पाउनेछ। यस प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्रसँग छनोट टोलीले विश्वकप यु–१९ प्रतियोगिता खेल्नेछ।
नेपालले दोस्रो खेल फागुन १३ गते कुवेतबिरुद्ध खेल्नेछ भने फागुन १५ गते हंकङसँग खेल्नेछ। फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ।
नेपाली टिमः
देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।