काठमाडौं– अब काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकेको छ।
कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ। यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।