• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन तस्करका नाइके इब्राहिम

दुबईबाट विराटनगर पुर्‍याएर सुन तस्करी: डेढ महिनामा १९ पटक काठमाडौं-विराटनगर, ३ सय पटक विदेश यात्रा

64x64
नारायण अधिकारी बिहीबार, फागुन ११, २०७९  १७:२३
1140x725

काठमाडौं– गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सुडानी नागरिकसहित बरामद गरिएको १९ किलो सुनमाथि गरिएको अनुसन्धानबाट तस्करको नेक्कस तथा नयाँ–नयाँ तथ्यहरु उजागर भएका छन्। 

तस्करहरुले दुबईबाट काठमाडौं, काठमाडौंबाट हवाइमार्ग हुँदै विराटनगर र त्यहाँबाट स्थलमार्ग हुँदै भारत पुर्‍याएर सुन तस्करी हुने गरेको नयाँ रुट प्रहरीले पत्ता लगाएको छ। संगठित अपराधमा दुई महिनासम्म हिरासतमा लिएर अनुसन्धान गर्दा सुन तस्करहरुको नयाँ रुट र उक्त तथ्यहरु पत्ता लागेको हो। 

पी०६२२५९७५ नम्बरको पासपोर्ट भएका २७ वर्षीय सुडानी नागरिक महम्मद अहमद डाफल्ला सराफल्दिन पुस ८ गते दिउँसो ३ बजे फ्लाई दुबईको एफजेट–५३९ नम्बरको उडानमार्फत् दुबईबाट काठमाडौं आएका थिए। 

उनलाई विमानस्थलको आगमन कक्षको वाकथ्रुमा शंका लागि जाँच गर्दा कालो खैरो रंगको ज्याकेटभित्र सानो–सानो खल्ती बनाई १० वटा प्याकेटमा सेमिलिक्वीड बनाएर ल्याएको १९ किलो सुन त्रिभुनवन विमानस्थल भन्सारले बरामद गरेको थियो। 

उनको साथबाट सुनसँगै ९ हजार १ सय नेपाली, अमेरिकी डलर १०० दरको ७ थान, अरबियन दिराम ५ दरको ३ थान, १० दरको २ थान, २० दरको १ थान सिक्का ८ थान पनि बरामद भएको थियो। सुन रिसिभ गर्न विमानस्थल पुगेका अर्का सुडानी नागरिक पी०७८१२६६८ नम्बरको राहदानी भएका २८ वर्षीय अहमद महम्मद इब्राहिम पनि पक्राउ परेका थिए।

१९ किलो सुनसहित दुई सुडानी नागरिक पक्राउ परेपछि भन्सार कार्यालयले यसको अनुसन्धानको जिम्मा प्रहरीलाई दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धानबाट यी सुडानी नागरिकहरु सुन तस्कर गिरोहका नाइके रहेको खुलेको छ।

विभिन्न तह (लेअर) हुँदै उक्त सुन नेपालसम्म आएको देखिएको छ। प्रहरीका अनुसार दुबईदेखि काठमाडौंसम्म १९ किलो सुन लिएर आएका सराफल्दिनको सुडानको खार्तुममा सानो इलेक्ट्रिक पसल छ। सराफल्दिन भने सुडानको ओम्डुरमनस्थित अलशहदामा बस्थे। 

यता इब्राहिम अब्दुल नासिर भने अलशहदा सहरका एक प्रतिष्ठत व्यापारी पनि हुन्। कामको खोजीमा सराफल्दिनको नासिरसँग चिनजान भएको थियो। काम मागेपछि नासिरले ‘दुबईमा गएर मेरो साथीलाई भेटेर काम गरिदेउ, म तिमीलाई साढे ३ लाख सुडानी रकम दिन्छु’ भनेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

नासिरले काटिदिएको टिकटबाट सुडानको खार्तुम एअरपोर्टबाट २०२२ डिसेम्बर २१ मा उनी दुबई पुगेका थिए। नासिरले नै दुबईमा सराफल्दिनका लागि होटलसमेत बूक गरेका थिए। उक्त होटलमा रवा सिद्धि अहमद मोहम्मद नाम गरेकी महिलाले सराफल्दिनलाई भेटी ह्वाट्स एप नम्बर लिएर फर्किएकी थिइन्।

त्यसको केही समयपछि जोनी नाम गरेको व्यक्ति होटलमा पुगेका थिए। जोनीले नै दुबई एअरपोर्टमा पुर्‍याएर सुन दिएर काठमाडौं लैजान सराफल्दिनलाई भनेका थिए। उक्त सुन रिसिभ गर्न काठमाडौं विमानस्थलमै मान्छे आउने बताइएको थियो। सुन रिसिभ भएपछि २ दिन नेपालमा सराफल्दिनलाई घुमाइदिने र फर्किएपछि साढे ३ लाख सुडानी रकम दिने बताइएको थियो। सोही सर्त अनुसार सुन लिएर काठमाडौं आउँदा सराफल्दिन विमानस्थलमै पक्राउ गरेका थिए।

डेढ महिनामा १९ पटक काठमाडौं–विराटनगर हवाई यात्रा, ३ सयपटक विदेश सयर
सुन रिसिभ गर्न विमानस्थलमा इब्राहिमलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा इब्राहिम सुन तस्करका नेपालस्थित मुख्य एजेन्ट रहेको खुलेको छ।

इब्राहिम पहिलोपटक काठमाडौं कात्तिक १७ गते अर्थात नोभेम्बर ३ मा आएका थिए। विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट उनी सोझै डोमेस्टिकतर्फबाट विराटनगर गएका थिए। त्यसयता अन्तिमपटक पुस ६ अर्थात् डिसेम्बर २१ सम्म गरी उनले १९ पटक काठमाडौं–विराटनगरको यात्रा गरेको अनुसन्धानबाट खुलेको छ। काठमाडौं–विराटनगरको पटक–पटकको यात्रा देखिएपछि दुबईबाट सुन काठमाडौं ल्याएर विराटनगर हुँदै भारततर्फ तस्करी हुने गरेको खुलेको हो।

१९ पटक काठमाडौं–विराटनटर यात्रा गर्दा उनी एकपटक डिसेम्बर १२ मा मात्रै बुद्ध एअरबाट विराटनगर गएका थिए। बाँकी १८ पटक यति एअरमार्फत् आउजाउ गर्ने गरेको पाइएको छ। उनले सुन बोकाएर हरेकपटक आफूसँगै २/३ जना विदेशी मान्छेलाई लैजाने गरेको अनुसन्धानबाट खुलेको छ।

अझ यतिसम्म रहस्य खुलेको छ कि राहदानी नम्बर पी०७८१२६६८ नम्बरका इब्राहिमले नेपाल, भारत, यूएई, इजिप्ट, सुडानलगायतका देशहरुमा ३ सय पटकभन्दा बढी आउजाउ गरेका छन्। डेढ महिनामै काठमाडौं–विराटनगरको १९ पटकको यात्रा र विभिन्न देशहरुमा ३ सय पटकभन्दा बढीको यात्रा गरेको देखिएपछि उनी सुन तस्करका मुख्य योजनाकार रहेको पाइएको सीआइबी स्रोतले जनाएको छ।

इब्राहिम एअरपोर्ट नजिकैको एपेक्स बिजनेस होटलको कोठा नम्बर ५०६ बूक गरेर बसेका थिए। यति एअरलाइन्सको काठमाडौं–विराटनगर जानका लागि उनीसँगै सराफल्दिनको नाममा दुई वटा टिकटसमेत काटिसकिएको पाइएको छ।

अर्को सुन बोकेर नेपाल आउनका लागि इब्राहिमले नै सराफल्दिनलाई टिकट काटिदिएकोसमेत पाइएको छ। इब्राहिम सिभिल इन्जिनियर हुन्। उनले सुडानका आफ्नो कन्ट्रक्शन कम्पनीसमेत रहेको बताएको प्रहरी स्रोतले नेपाल लाइभलाई बतायो।

सुडानको नोरास एजेन्सीले नेपालको पर्यटनको अवस्था बुझ्न भन्दै आफूलाई नेपाल पठाएको उनले दाबी गरेका थिए। तर अनुसन्धानको क्रममा उनी पर्यटन बुझ्न नभइ सुन तस्करको योजनाकारको रुपमा नेपाल आएको पाइएको छ। सुडानी नागरिक मोहम्मद अल्वाही (जो इब्राहिमसँग दुबईमा अध्ययन गरेका थिए) भन्नेले दुबईबाट ह्वाट्स एपमार्फत् इब्राहिमलाई सम्पर्क गरी ‘एक जनालाई सामान दिएर नेपाल पठाएको छु। सबै काम गर्नु’ भनेका थिए।

त्यसका लागि सामान लिएर आउने व्यक्तिको फोटोसमेत इब्राहिमलाई पठाइएको थियो। सोही अनुसार उनी सुन रिसिभ गर्न एअरपोर्ट पुग्दा पक्राउ परेका हुन्।

काठमाडौं ओर्लिएलगत्तै विराटनगर जाने तयारी
सराफल्दिन काठमाडौं ओर्लिएलगत्तै सुन लिएर विराटनगर जानका लागि इब्राहिमले आफ्नो र सराफल्दिनको नाममा टिकटसमेत काटिसकेका थिए। इब्राहिमको साथबाट यति एअरलायन्सको काठमाडौं–विराटनगरको दुई वटा टिकटसमेत बरामद भएको थियो।

सुन रिसिभ भएपछि सिधै उनीहरु डोमेस्टिक एअरबाट विराटनगर पुग्ने र त्यहाँबाट उक्त सुन भारततर्फ पास गर्ने योजना रहेको खुलेको हो। विराटनगर पुगेपछि भारतीय सीम प्रयोग गर्ने र बावन बाग भन्ने व्यक्तिलाई सम्पर्क गरेर सुन भारततर्फ पास गर्ने योजना रहेको सीआईबी स्रोतले नेपाल लाइभलाई बतायो। आफूसँग सुन बोकेर विराटनगर गएका कोही व्यक्ति भारततर्फ जाने कोही काठमाडौं फर्कने गरेको इब्राहिमले स्वीकार गरेका छन्।

नेपालबाट सुन तस्करको सेटिङ मिलाउने इब्राहिम, सुडानबाट योजना बनाएर सुन बोक्न दुबई पठाउने व्यापारी नासिर, सुन बोकेर ल्याउने सराफल्दिन, दुबईबाट योजना बनाउने मोहम्मद अल्वाही, सुडानी नागरिक रावा सिद्धि अहमद मोहम्मद, सुडानी नागरिक असरफ गलल्दा, अहमद सराफल्दिन, भारतीय नम्बर प्रयोग गर्ने बावन बाग, जोनी लगायतले संगठित रुपमा योजना बनाएर नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

सुन जफत गर्दै १६ करोड मागदाबी
सेमिलिक्वीड (अर्धठोस) सुन गलान गरिसकेपछिको बरामद भएको बेलाको मूल्य अनुसार १६ करोड २४ लाख ९ सय रुपैयाँ बराबरको भएको छ। सोही अनुसारको बिगोको मागदाबी गर्दै पक्राउ परेका दुई सुडानी नागरिकविरुद्ध मुद्दा चलाएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजासमा उक्त मुद्दाका प्रतिवादीको बयान भइरहेको छ। थुनछेक बहसपछि धरौटी तथा पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुनेछ।

उनीहरुविरुद्ध भन्सार ऐनविरुद्धको कसुर, संगठित अपराधको कसुर, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण र जफत) ऐन बमोजिम सुन जफत र मुलुकी फौजदारी अपराधसंहिताको दफा ३५ बमोजिम थप कारबाहीको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा आइतबार, चैत २९, २०८२
राप्रपा असन्तुष्ट पक्षले गर्‍यो लिङ्देन नेतृत्वको समिति भंगको माग आइतबार, चैत २९, २०८२
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा आइतबार, चैत २९, २०८२
दलको नेता छान्न कांग्रेसले वैशाख २ गते कार्यतालिका ल्याउने, ४ गते निर्वाचन आइतबार, चैत २९, २०८२
सीमा विवादमा वार्ता गर्न आग्रह आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
आज यी स्थानमा वर्षा र हिमपात हुने आइतबार, चैत २९, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्