काठमाडौं– स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीनै जानालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश राजेन्द्रकुमार गुप्पताको एकल इजलासले महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई तीन/तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान सुरु गरेको थियो।
त्यस क्रममा प्रहरीले आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो। प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेको नवीन कँडेल र रवि माझी भने फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।